Videos

काठमाडौं-  आज भोलिका युवा पुस्तालाई अभिनय गर्ने सोख निकै चढेको पाईन्छ । पछील्लो समय बजारमा जती पनि गीतहरु आएका छन तिनमा नयाँ नयाँ कलाकारहरुले अभिनय गरेको देखिन्छ । नयाँ कलाकारहरुको भिडमा अर्का एकजना स्याङ्जाली नयाँ कलाकार अनुप ढकाल थपिएका छन । स्याङ्जा जिल्लाकोको फापरथुममा जन्मिएका ढकाल अहिले आएर अभिनयमा रमाउदै छन ।
उनले पछील्लो समय अभिनय गरेको गायक प्रताप दासको आवाज रहेको ‘प्रेमको बिन्ती’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक भिडियोलाई सत्यराज चौलागाईँले निर्देशन गरेका हुन् जसमा मेघा केसी र अनुप ढकालको अभिनय देख्न सकिन्छ । उक्त गीत ‘प्रेमको बिन्ती’मा रमेश संगरग बराईलीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ । यता भिडियोलाई दिनेश पराजुलीले क्यामेरामा कैद गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ । भिडियोलाई “OPERA TUNES” मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्