मलाई बिरहले छोयो भन्दै हिडेको भेटियो प्रबिण, कसिस, उमेश के भएछ त ?

By प्रकाश धिताल     

भनिन्छ सुख-दु:ख जिन्दगीको सारथि हो । सुख सङ्ग खुसी र दु:ख सङ्ग पीडा र बिरह मिसिएको हुन्छ । राजधानिको विभिन्न रमणीय ठाउँमा  मलाई बिरहले छोयो भन्दै हिडेका भेटियो प्रबिण, कसिस, उमेश ।

12769389_969749179775117_5559577_n

के भएछ त ? उनिहरुलाई बुझ्दा बिशेश्वर प्रसाद भट्टराईको रचना अनि रामकुमार बस्नेतको स्वर/सङ्गीतमा सजिएको सुमधुर गीतको छायांकन गरिएको रहेछ ।

12782094_969749209775114_17517413_n

सिदार्थ कलेजमा अध्यनरत रामकुमार बाल्यकाल देखिनै कलाकारितामा लागेका हुन । स्कुल कलेजका विभिन्न कार्यक्रम लगाएत अन्य स्टेज कार्यक्रममा समेत गीत गाउन पुग्ने राजकुमार सुमधुर स्वरका धनी अत्यन्त सम्भावना बोकेका गायक/सङ्गीतकार हुन् । उक्त गीतमा मोडलिङ्ग गरेका प्रबिण अभिनयमा उत्तिकै पोक्त छन् । सुर श्रिङ्गार फिल्म प्रा. लि. बाट अभिनय सुरु गरेका प्रबिणले थुप्रै म्युजिक भिडियो, डकुमेन्ट्री लगायत फिल्ममा समेत अभिनय गरिसकेका छन् । प्रस्तुत गीतमा प्रबिण थपलिया, कसिस दहाल, उमेश सपकोटा लगाएतको जोडदार अभिनय देख्न सकिन्छ । जिन्को मिडिया प्रोडक्सन प्रा. लि. को निर्माण उक्त म्युजिक भिडियोको प्रोडक्सन म्यानेजर उर्गेन शेर्पा हुन । देवेन्द्र कुवरले निर्देश गरेको उक्त गीतको छायांकन भने जनक राज अधिकारीले गरेका हुन केही अबको केही दिनमै दर्शक माझ आउनेछ ।

12782499_969749103108458_1506609449_n 12788285_969749113108457_1819352998_n 12788297_969749193108449_1007104037_n