बलिउड अभिनेता सञ्जय दत्त ४२ महिनापछि रिहा

By प्रकाश धिताल     

२०१३ मे महिनामा जेल परेका  ५६ वर्षका बलिउड अभिनेता सञ्जय दत्त बिहीबार बिहान पुणेको यरवडा जेलबाट रिहा भएका छन्  ।

130729102742_sanjay_dutt_624x351_ap

सन् १९९३ मा भएको श्रृँखलाबद्ध बम बिस्फोटको घटनामा उनको संलग्नता तथा अवैध हतियार राखेको आरोपमा दोषी पाइएपछि अदालतले उनलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो ।  पुरै पाँच वर्ष भने जेलमा बिताउनु परेन ।

160224122308_sanjay_dutt_manyata_dutt_mahesh_bhatt_624x351_bbc

कैदीको चालचलन राम्रो पाइएको अवस्थामा हरेक वर्ष जेल प्रशासनले सजाय माफी दिने प्रावधान छ । सञ्जय दत्तको आचरणमा कुनै गुनासो नआएका कारण उनलाई जेल प्रसानले बिदा दिएको हो । उनले जेलमा कागजको झोला बनाउने काम गर्दै आएका थिए । उनी ४२ महिना जेलमा रहे । यसअघि सन् २००७ मा पनि जेल परेका थिए । त्यसबेला उनले १८ महिना जेलमा बिताएका थिए ।

160224120040_sanjay_dutt_624x351_bbc