फागुन २१ देखि झापामा हुने क्यान इन्फोटेकको तयारी तीव्र

By प्रकाश धिताल     

CAN-federationझापामा पहिलो पटक हुन लागेको सूचना प्रविधिको मेला ‘सुबिसु क्यान इन्फोटेक २०१६’ को तयारी तीव्र पारिएको छ । ८० प्रतिशत तयारी पूरा भएको जानकारी क्यान महासंघ प्राप्त भएको छ। क्यान महासंघले काठमाडौं बाहेक देशका दुई सहरमा क्यान इन्फोटेकको आयोजना गर्ने कार्यक्रम ल्याएको थियो । यसअन्तर्गत फागुन २१ गतेदेखि झापामा र साेही मितिदेखि पाेखरामा इन्फोटेकको आयोजना हुँदैछ । इन्फोटेकको तयारी स्वरुप स्टल बनाउने काम धमाधम भइरहेको छ । इन्फोटेकमा राखिने स्टलहरुमा ५०/५० प्रतिशत सहभागिता स्थानीय कम्पनी र बाहिरका इम्पोर्टरहरुको हुने भएको छ । इन्फोटेकको प्रचारका लागि स्थानीय रेडियो तथा पत्रपत्रिकाबाट सूचना प्रवाह भइरहेको छ ।

यस इन्फोटेकको टाइटल स्पोन्सरमा सुबिसु रहेको छ भने असोसिएसन स्पोन्सरमा डिजिकम रहेको छ । क्यान महासंघले इन्फोटेकमा १ लाखभन्दा बढी अवलोकनकर्ताहरुको अपेक्षा गरेको छ । इन्फोटेका मुख्य आकर्षणहरुमा इन्टरनेट सेवा, मोबाइल, ल्यापटप, प्रिन्टर, नयाा सोलार प्रविधिहरु, सेक्युरिटी आइटमहरु, नयाा पावर ब्याकप प्रविधिहरु रहने छन् ।