नयाँप्रयोगले रंगिएको बिशाल भण्डारीको निर्देशनमा उद्दिपध्वजको ‘एक पल्ट बजारमा

By प्रकाश धिताल     

Screenshot_2016-02-25-07-00-17-300x180नेपाली सांगीतक फाँटमा उदाउँदै गरेका उद्दिपध्वज थापाको स्वरमा सजिएको मनछुने गीत ‘एकपल्ट झरेको फुल’ लाई दर्शक सामु  सफल म्युजिक भिडियो निर्देशक गरिसकेका बिशाल भण्डारीको निर्देशनद्वारा नया भिडियो सार्बजनिक गरिएको छ । भिडियोमा चुलबुले नायिका केकी अधिकारी अनि बिशाल लामाको उत्कृस्ट अभिनय हेर्न सकिने छ  । उद्दिपको सुमधुर आवाजले सु-सजित उक्त गीतको शब्द रचना र संगीत राजनराज शिवाकोटीले गरेका छन् । भिडियो हेर्दा शब्द , संगीत , गायक उद्दिपको गायन,निर्देशक भण्डारीको भिडियो मेकिङ्ग शैली अनि केकी र विशालको अभिनयको कम्बिनेसन एकदमै राम्रो र सुहाएको स्प्रस्ट्र देख्न सकिन्छ ।

रिबेल क्रियसनले बजारमा ल्याएको भिडियो लाई अर्जुन तिवारीले खिचेका हुन् । केहि समय अगाडी तयार भईसकेको भिडियो प्राबिधिक कारण रिलिज नगरी फेरी नया टीममार्फत भिडियो निर्माण गरिएको गायक थापाले जानकारी दिए ।

अघिल्लो पटकको काममा भएका कमजोरीलाई यो टीमले दोहोरिन नदिएकाले भिडियो अत्यन्त सुन्दर बनेको निर्माण पक्ष को दाबि छ ।

हेरौ भिडियो