दिलिपकुमारलाई चेक बाउन्सको मुद्दाबाट छुटकारा

By प्रकाश धिताल     

dilip-kumar-in-court१८ बर्ष पुरानो एउटा मुद्दाबाट बलिउड नायक दीलिप कुमारलाई छुटकारा मिलेको छ । मुम्बइको गिरगाउँ मजिस्ट्रेट अदालतमा ९४ बर्षका नायक दीलिप कुमार नै उपस्थित भएका थिए । यो मामालामा दीलिप कुमार सिधा दोषी त थिएनन् तर उक्त कम्पनीको सीइओ तथा निर्देशक थिए । यही कम्पनीलाई चेक बाउन्सको आरोप लागेको थियो । सन् १९९८ मा कोलकत्तास्थित एक ट्रेडिङ्ग कम्पनी ‘जीके एक्जिम इन्डिया लिमिटेड’माथि ‘डेक्कन सिमेन्ट’ कम्पनीले भुक्तानीको चेक बाउन्स भएको भन्दै मुद्दा हालेको थियो । १ करोड भुक्तानी गर्दा एकाउन्टेनको एउटा सानो भुलका कारण यस्तो हुन गएको मानिएतापनि दीलिप कुमारमाथि यसको जिम्मेवारी आएको थियो । दीलिपकी पत्नी सायरा बानोले ट्विटरमा ट्विट गर्दै भनेकी छिन्-‘मलाई बहुतै दुखका साथ यो भन्नु परेको छ कि १८ बर्ष पुरानो मुद्दाका लागि साहेबलाई नै उपस्थित हुनुपर्ने छ । उनको उमेर ९४ बर्षको छ र उनले कहिल्यै पनि यो केश स्थगित होस् भनेर कामना गरेनन् ।