जियोनिले लञ्च गर्‍यो नया फ्ल्यागशीप, इलाइफ एस एट

By प्रकाश धिताल     

विश्वबजारमा अग्रणी स्थानमा रहेको टेलिकम्युनिकेशन कम्पनी जियोनिले औपचारिक रुपमा आफ्नो नयाा ब्राण्ड परिचय बार्सिलोनामा सोमबार आयोजित मोबाईल वर्ल्ड कंग्रेसमा ग्राहकमाझ ल्याएको छ । कम्पनीले आफ्नो नयाा लोगो र नयाा ट्यागलाइन “मेक स्माइल्स“ पनि संचालनमा ल्याएको छ । साथै कम्पनीले आफ्नो नयाा फ्ल्यागशीप, इलाइफ एस एट पनि सोहि कार्यक्रमबाट विमोचन गरेको छ । एस एटमा झन्झटरहित भिडियो तथा फोटो शुटिंग सिस्टम, थ्री डी टच र विश्वकै पहिलो अदृश्य लुप एन्टेना भएको पूर्ण मेटालिक, लुप मेटल डिजाइन रहेको छ ।

giomnee-new-logo

एस एटमा कोरिंग गोरिल्ला ग्लास सुरक्षा रहेको ५.५ इन्चको एमोलेड स्क्रिन छ । फोनमा अत्याधुनिक क्यामेरा सिस्टम रहेको छ जसले अत्यन्त छिटो र मिल्दो फोकस गर्न सक्दछ । यो पहिलो स्मार्टफोन हो जसले आर डब्लु बी प्रविधि, एफ १.८ अपेर्चर र सिक्स पी लेन्सको प्रयोग गरेको छ जसबाट मधुरो प्रकाशमा पनि उत्कृष्ट फोटो खिच्न सकिन्छ ।

एस एटमा १६ मेगापिक्सल्को रियर क्यामेरा र ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा छ । एच डी रेकर्डिङ्ग चिप र दुई ओटा अत्यन्त संवेदनशील माइकले गर्दा उच्च गुणस्तरको ध्वनि सहितको भिडियो एस एटबाट खिच्न सकिन्छ ।
एस एट मा १.९ गिगाहर्जको अक्टाकोर प्रोसेसर छ । फोनमा फिन्गरप्रिन्ट स्क्यानर पनि छ । ४ जीबी र्‍याम रहेको फोनमा १६ जी बी इन्टरनल स्टोरेज छ जसमा कार्ड मार्फत २०० जी बि अझ थप्न सकिन्छ । एस एट मार्फत जियोनिले एन्ड्रोइडमा थ्री डी टच ल्याएको छ । जियोनिले एस एटमा रोचक साइडबार पनि थपेको छ । एस एटमा एन्ड्रोइड ६ मा आधारित अमिगो ३.२ ओ एस छ ।