मौसम मधुरको म्युजिक भिडियो “आज मेरो खबरले तिमी खुसी हुन्छौ होला” केही दिनमा सार्बजनिक हुदै

By प्रकाश धिताल     

12735727_964854063597962_895685640_nकोहि आफ्नो मान्छेको खबर आउदा कस्तो लाग्छ तपाईलाई ? हुन सक्छ राम्रो खबर छ भने खुसी हुनुहुन्छ होला, यदि नराम्रो खबर छ भने त कसरी खुसी हुनु?? तर यहाँ खबर जस्तोसुकै भए पनि खुसी हुने कुरा भएको छ ।

“आज मेरो खबरले तिमी खुसी हुन्छौ होला” भन्दै थिय गायक मौसम मधुर । अनि मौसमको आवाजलाई पछ्याउँदै थिए प्रबिण थपलिया । राजधानिको विभिन्न ठाउँमा बसन्त कफ्लेको रचना अनि मौसम मधुरको आवाजमा रहेको सुमधुर गीतको छायांकनको काम सकियको छ । चाल फिल्मको सह निर्माता समेत रहेका प्रबिण अभिनयमा उत्तिकै पोक्त छन् । सुर श्रिङ्गार फिल्म प्रा. लि. बाट अभिनय सुरु गरेका प्रबिणले थुप्रै म्युजिक भिडियो, डकुमेन्ट्री लगायत फिल्ममा समेत अभिनय गरिसकेका छन् । प्रस्तुत गीतमा प्रबिण सङ्गै शरिना र उमेशको पनि जोडदार अभिनय देख्न सकिन्छ ।

देवेन्द्र कुवरको निर्देशन , जनकराज अधिकारीको छायांकन रहेको भिडियो लाई जिन्को मिडिया प्रोडक्सन प्रा. लि. को निर्माणमा म्युजिक भिडियोको प्रोडक्सन म्यानेजर उर्गेन शेर्पा ले गरेका छन् भने अबको केही दिनमै उक्त भिडियो दर्शक माझ आउदैछ । तर गीतले कस्को कस्तो खबर ल्याउने हो त्यो हेर्न भने केही दिन कुर्नै पर्नेछ ।

12735727_964854063597962_895685640_n
12714366_964854116931290_53757506_n 12746555_964854016931300_1028157407_n