माइक्रोम्याक्सको ‘क्यानभास जुस४ क्यू३८२’ अब बजारमा

By प्रकाश धिताल     

भारतीय ब्राण्डको स्मार्टफोन माइक्रोम्याक्सले नयाँ फोन ‘क्यानभास जुस४ क्यू३८२’ नेपाली ग्राहकहरु माझ ल्याएको छ । एन्ड्रोइड ५.१ ललीपप अपरेटिङ सिस्टमद्धारा सञ्चालित यो फोनमा १.३ गिगाहर्ज क्वार्ड–कोर प्रोसेसर रहेको छ ।

index

यसमा रहेको पाँच इन्चको एफडब्ल्युभीजीए आइपीएस स्क्रिनले फोनलाई अत्यन्तै आकर्षक बनाएको, यसमा पाँच मेगाफिक्सेलको प्राइमेरी र दुई मेगाफिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । एक गिगावाइट र्याम्प र आठ गिगावाइट रोम रहेको क्यानभास जुस४ क्यू३८२ मा तीन हजार मेगाआवरको ब्याट्री रहेको माइक्रोम्यासको भनाई छ । थ्रीजी कनेक्टिभिटीका साथ ठूला फाइल र भिडियो डाउनलोड गर्न सकिने यो फोनको मूल्य १० हजार ९८ रुपियाँ रहेको छ