जगत तारा को २२ औ वार्षिकोत्सव सम्पन्न

By प्रकाश धिताल     

फाल्गुन  ७  कैलाली – कैलालीको दोदोधरा ४ रामपुर मा रहेको जगत तारा इङ्गलीस बोडीङ्ग स्कुलको २२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन भएको छ । विद्यालय ब्यवस्थापन समितीका संयोजक चेत राज भट्को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथिति लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सरोज कुमार शाहा रहनु भएको थियो भने विशिष्ट अथितिमा बसन्त मुरारी उमा वि का पा्रचार्य भुमी प्रकाश बम रहनु भएको थियो । कार्यक्रमा समाजसेवि बल बहादुर बिष्ट , गायक टंक तीमीलसेना ,स्कुलका संस्थापक एकेन्द्र मल्ल लगाएतका ले बोल्नु भएको थियोे ।उतm कार्यक्रममा बिधालयका बार्षीक गतीबिधीरुमा प्रथम ,द्धितृय र तीतृय हुने छात्र छात्रा हरुलाइ पुरस्कृत गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथि ले विद्यालयको वार्षिक पत्रीका लक्ष्यदिपको बिमोचन गरेका थिए । कार्यक्रमा लोक गायक टंक तिमील्सेना आधुनीक गायक भरत ताम्राकार र विद्यालयका शिक्षक रबीन प्रधानले आफना गीत मार्फत  मनोरन्जन प्रदान गरेका थिए । विद्यालयका विद्याथीहरुको सास्कृतीक प्रस्तुतीका साथै नाटक समेत कार्यक्रम का दौरान प्रस्तुत गरीयको थिए । बिधालयका उत्कृष्ट  विद्यार्थी अर्वीन चौधरी लाइ गान्धीग्लोवल फेमली नेपाल का अध्यक्ष सुर्य भुसालले रु २ हजार नगद पुरस्कार प्रदान गर्नु भएको थियो भने विद्यालयले उत्कृष्ट शीक्षीका  लक्ष्मी जोशि  ,प्र्व शिक्षक जितेन्द्र न्यौपाने ,उज्वल भाट ,लक्ष्मण  चौधरी  अभिभावक  तारामान विष्ट ,भतm राज आर्चाय ,पुर्ण मल्ल लगाएतका लाइ  दोसल्ला ओढाइ सम्मान गरेको थियो । कायक्रममा विद्यालय बाट गत वर्षको प्रवेशिका परिक्षमा विशिष्ट श्रेणीमा उर्तीण हुने विद्यार्थी तपेन्द्र विसि लाइ विद्यालयका संस्थापक एकेन्द्र मल्ल ले नगद १० हजार १ सहित सम्मन गरेका थिए । विद्यालयको रेगुलर विद्यार्थीमा डीम्पल पुन मगरले सबै लाइ जितिन्  । कार्यक्रमको संन्चालन शिक्षक हरी प्रसाद पाण्डे र प्रिन्सीपल हेमन्त तिमल्सिनाले  गरेका थिए ।