तनहुको शुक्लागण्डकीमा नगरपालिका स्तरिय हाजीरी जवाफ प्रतियोगिता सम्पन्न

By प्रकाश धिताल     

 _0165-2फाल्गुन ७  तनहुँ – शुक्लागण्डकी नगरपालिका तनहुँको आयोजनामा  र भाइब्रेसन मिडीया काठमाडौँको संयुक्त आयोजनामा  शुक्लागण्डकी नगरपालिकामा अन्तरबिद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता आज सम्पन्न भएको छ ।  १८ वटा सामुदायीक तथा निजी बिद्यालयहरु बिचको ठुलो प्रतिस्पर्धा बाट पन्चमुनीदेव उच्च माध्यमिक बिद्यालय प्रथम, माउन्ट अन्नपूर्ण एकेडेमी द्वितिय,बाल विद्या मन्दिर तृतिय र लिटिल गार्डेन ईङ्गलीश बोर्डीङ्ग स्कुल चतुर्थ भएका छन ।

DSC_0472-2

प्रथम हुने टोलीलाई  काठमाडौँको गोल्डेन गेट इन्टरनेशनल कलेजको तर्फबाट कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तीको प्रमाणपत्र प्राप्त गरेका छन । अनि  प्रथम, द्वितिय, तृतिय र चौथो हुने  टोलीलाई नगद नौ हजार, छ हजार,चार हजार पाँच सय र तिन हजार रुपैयाका साथै आकर्षक शिल्ड, मेडल,आकर्षक पुरस्कारहरु र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रमका संयोजक एवं भाइब्रेसन मिडीयाका प्रबन्ध निर्देशक बिष्णु गैरेले जानकारी दिएका छन् । पन्चमुनिदेव उच्च माध्यमिक बिद्यालयमा दुई दिनसम्म चलेको उक्त कार्यक्रममा पन्चमुनिदेवका बिद्यार्थीहरुले सांष्कृतीक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

DSC_0493-2

कार्यक्रममा  नगरपालीकाका सम्पूर्ण बिद्यार्थीहरुले  फरक खालको प्रतिस्पर्धाको अनुभुती गर्न पाएको हुदा  आँउदा दिनमा यस्तै कार्यक्रम नगरपालीकाले गर्नुपर्छ भनेर सहभागी अभिभावक एवं शिक्षक शिक्षीकाको भनाई छ  । कार्यक्रममा  शुक्लागण्डकी नगरपालिकाका कार्यकारी अधिकृत हरिराम नागीलाले बिद्यार्थीको बहुआयामीक विकासका लागी नगरपालिकाले यस्तो खालको कार्यक्रम आयोजना गरेको र आँउदा दिनमा पनि विभिन्न खालका प्रतिस्पर्धाको आयोजना गर्ने बताएका छन ।