माेबाइल इन्डस्ट्रिहरु चिन्तित किनकि भारु २५१ पर्ने फ्रिडम स्मार्टफोन सार्वजनिक हुदै

By प्रकाश धिताल     

indexभारतमा भारु २५१ मै फ्रिडम २५१ नामक स्मार्टफोन लन्च भएपछि मोबाइल उद्योगले चिन्ता व्यक्त गरेका छन् । भारतको मोबाइल इन्डस्ट्रि उच्चतम निकायको इन्डियन सेलुलर असोसिएसन (ICA) ले भारतका दुरसञ्चार मन्त्रि रभी संकर प्रसादलाई यस मुद्दामा गम्भिर भएर लाग्न अनुरोध गरेको छ । उसले मन्त्रि समक्ष अनुदान उपलब्ध गराइएको मोबाइको न्यूनतम मूल्य भारु ३ हजार ५ सयभन्दा कम हुनुनहुने कुरा पनि राखेको छ । आइसिएले उच्च अहोदाका राजनीतिक नेता तथा सरकारी अधिकारीहरु मोबाइल सार्वजनिक गर्ने कार्यमा सहभागि हुनु उचित नभएको कुरा पनि बताएको छ । भारतको मोबाइल निर्माता कम्पनी रिङ बेलले फेब्रअरी १७ तरिखका दिन उक्त स्मार्टफोन सार्वजनिक गरेको थियो । विश्वकै सबैभन्दा सस्तो फोन सार्वजनिक गरेपछि भारतीय मोबाइल उद्योगमा निकै ठूलो हलचल मचिएको छ ।