को हुन् सन्नी लियोन ?

By प्रकाश धिताल     

काठमाडौँ  –भारतीय मूलकी क्यानडिन पोर्न स्टार हुन् सन्नी लियोन । भरतीय कलर्स टेलिभिजन प्रसारण हुने बिग वोस सिजन ५ मा सहभागी भएपछि उनको चर्चा चुलिएको थियो । सन् १९८१ मे १३ तारिखको दिन जन्म भएको सन्नीको बास्तविक नाम करेन मल्होत्रा हो । सन्नी लियोनको जन्म एक पञ्जावी परिवारमा भएको थियो । उनीको परिवार ३२ वर्षअघि नै दिल्लीबाट क्यार्लिफोनिया गएको थियो । सन्नी त्यही पढाइसकेपछि मोडलिङमा प्रवेश गरेकी थिइन् । कम उचाइको कारण मोडलिङको क्षेत्रमा प्रगति गर्न नसकेपछि यिनी पोर्न इन्टरटेनमेन्टमा तानिइन् । आफ्नो सुन्दर अनुहारको कारण पोर्न उद्योगमा उनी चाँडै स्थापित भइन् । यही क्रममा सन् २००३ मा विडी इन्टरटेनमेन्टमा आबद्ध भइन् । सन् २०१० मा म्याक्सिम पत्रिकाले उनलाई शीर्ष १२ पोर्न स्टारमा सामेल ग¥यो । पेन्ट हाउससहित केहि म्यागेजिनको कभर पेजमा पनि उनी छाइसकेकी छिन् । उनको बलिउडमा पहिलो चलचित्र सन् २००५ प्रदशीत जिस्म २ हो । सन्नीले द गल्र्स नेक्स्ट डुवर, माइ वेर लेडी २ लगाएतका पोर्न फिल्ममा अभिनय गरिकी थिइन् ।