सुवेदीकाे लघुकथा-फेसबुक

By प्रकाश धिताल     

11219112_10204728384990782_3628255546082231249_nबिउँझिदा ‘म त हारेकाे मान्छे’ भन्ने  गीत बजिरहेकाे थियो । मन अमिलो  भाे अनायासै । अतीत  रिल बनेर अाखाँ अगाडि  घुमे ,अनि चस्स मुटुमा घाेचे । “जिन्दगी  हार नै त हाेनि, जित त क्षणिक  हाे”  अमिलो  मनलाई सम्हाले । चरम निराशा  छाएको  मनमा अनेक  कुराहरू खेल्नु स्वभाविक हाे। मेराे याे मन पनि खेलमैदान  भकाे छ , अाजभाेली।साेच्दासाेच्दै थाक्छ अनि थाक्दाथाक्दै पनि साेच्न थाल्छ। ‘माघ एक्काईस’  याे मितिले मेराे दिमागमा  खुब घाेचिरहेकाे छ। अब हप्ता  दिन बाकीँ छ ।अाैपचारिक रूपमै  ऊ अरूकि बन्नेछे ।सिन्दुर, पाेते ,चुरा साडी  घुम्टो  अनि के के गहनामा सजिएकाे ‘गट म्यारिड’  क्याप्सनमा  फाेटाे फेसबुकमा  अपलाेड गर्नेछे ।मेराे फेसबुक वालमा लाईक र सुखद दाम्पत्य जीबनकाे शुभकामना   लेखेकाे कमेन्ट काे प्रतीक्षा  गर्नेछ  उक्त फाेटाेले ।कस्तो  हाेला त्यो  क्षण?मैले लाइक अनि कमेन्ट  गरूँला त ?यहीँ  फेसबुक हाे  उस्लाई र मलाई भेटाउने ,चिनजान गराउने ,सपना बुनाउने।तर खै के भाे केभाे हाम्रो  सम्बन्ध अब  सम्बन्ध रहेन ।भावना पैसाकाे अगाडि  निरीह भाे ।चुपचाप  स्वीकार गर्नुकाे विकल्प  छैन ।अब याे फेसबुक ले दिएकाे साथी काे नाता फेसबुकमै सिमीत हुनेछ ।मन फेरि अमिलो  भाे ।फेसबुकमा साथी  रहनुकाे अब के अर्थ?मनमा प्रश्न उठ्याे ।फेसबुक खाेलेँ  ।उस्काे प्राेफाईल हेरे। मुसुक्क हाँसेकाे फाेटाे छ ।उस्काे त्याे हाँसोमा छल देखियो ,कपट देखियो अनि स्वार्थ  देखियाे।रिस उठ्याे ,दया  पनि जाग्यो  अाफै प्रति। मेराे पनि गल्ती  छ नि केही ।अनफे्ण्ड गराैँ कि बल्क गराै ।दाेधार भाे । गुनासो  गर्ली फेरि फाेनमा ,भेटमा। न अनफे्ण्ड न बल्क बरू अाफ्नै फेसबुक डियक्टिभेट गर्छु ।मनले यस्ताे निर्णय  गर्याे ।सदर पनि भाे मनबाटै ।केही  मुक्तानुभुति भाे ।चङ्गा  मन लिएर  वाथरूम छिरेँ।