मोडलिङ क्षेत्रमा रुपकको डेब्यु

By प्रकाश धिताल     

बाराहि क्यासेट सेन्टर पोखराको प्रस्तुतीमा लक्ष्मण पौडेल र कल्पना ‘ देवकोटा ’ पौडेलको  एल्वम ‘ अर्थ ’ मा समाबेश  ‘ यो माया हुन्छ किन ’ बोलको गीत बाट मोडलिङ क्षेत्रमा रुपक पाण्डेले डेब्यु गरेका छन् । हसिलो स्वभाव र सहयोगी भावनाको कारण चाँडै नै अरुको मन जित्न सफल हुनेछन् उनी ।
नुवकोट घर भई हाल नेपालटार , बालजुमा  बसोबास गर्दै आएका रुपक सानै देखि  मोडलिङ क्षेत्रमा काम गर्ने  इच्छा रहेको बताउँछन् ।  ‘ म सानोमा टेलिभिजन हेर्दा , फिलिम हलमा फिलिम हेर्दा मलाई पनि यस्तै गर्न पाए नि हुन्थ्यो भन्ने लाग्थ्यो मलाई एकदम बढि इच्छा थियो जुन अहिले पुरा भएको छ  उनले बताए ।
पाँच फिट आठ इन्च उचाइ भएका रुपकलाई डेब्यु गराएका हुन संचारकर्मी तथा निर्देशक संजिब पौडेलले । ‘ रुपक मेरो एकदम मिल्ने साथी  हुन् । मलाई पनि नयाँ अनुहार चाहिएको थियो  मलाई थाहा थिएन् कि रुपकले यति राम्रो अभिनय गर्छन् भनेर । एकदिन कुरा गर्दै जाने क्रममा रुपकले आफूलाई एकदम धेरै अभिनय गर्ने इच्छा रहेको कुरा व्यक्त गरे र मैले उनलाई एक मौका दिने निर्णय गरे । मेरो निर्णय अहिले सहि साबित भयो भनि  संजिबले बताए । हाल संजिब र रुपकको जोडि अन्य म्युजिक भिडियो शुटिङ्गको लागि चितवनमा छन् । ‘ मलाई रुपकको काम मन प¥यो । त्यसैले अन्य गीतमा पनि मोडलको रुपमा रुपकलाई नै लिएको हुँ । संजिबले भने ।
यो गीतमा स्वर, शब्द तथा संगीत लक्ष्मण पौडेलको रहेको छ भने गीतलाई निर्देशन तथा सम्पादन संजिब पौडेलले गरेका हुन् । गीतमा छायांकन उदय बाबुको रहेको छ भने रुपक पाण्डे , रुपा तामाङ्ग र बाल कलाकार दिव्या पाठकले अभिनय गरेका छन् ।

हेरौ उनीले डेब्यु गरेको म्युजिक भिडियो