कैलालीमा राष्ट्रपति रनींङ्ग सिल्डको तयारी तिब्र

By प्रकाश धिताल     

कैलाली जिल्लाको क्षेत्र नं. २ अन्तरर्गत  यहि फाल्गुन ५ र ६ गते बसन्त मुरारी उच्च माध्यमीक बिद्यालय सडकपुर बौनियामा हुने प्रतियोगतीताको तयारी तिब्र रुपमा अगाडि बढेको छ । प्रतियोगीता को हरेक खेलहरु छात्र र छात्रा गरी दुई वटा बिधामा संचालन हुने जिल्ला खेलकुद बिकास समिती धनगढी कार्यलयका प्रमुख टोप बहादुर विष्टले जानकारी दिनु भएको छ । प्रतियोगीतामा महिला र पुरुष भलिबलका साथै , एथ्लेटिक्समा दौड १०० मि, २०० मि,४०० मि, ८०० मि, १५०० मि, ४ गुणा १०० मि रिले र ४ गुणा ४०० मि रीले र हाईजम्प, लमजम्प,जयाभलिङ था्रे ८०० गा्रम, सटपुट १२ पाउण्ड, कराते ४२ केजि,४७ केजि, ५२ केजि र काता कला,तेक्वान्दो ४५केजि, ४८केजि, ५१केजि कबड्डी र उसु अजबलन त्रगबल,लबल त्रगबल बलमा महिला र पुरुष दुबैकम लागी संचालन गरीनेछ । प्रतियोगीतामा क्षेत्र नं. २ अन्र्तगतका १० कक्षा सम्म अध्यनरत सामुदायिक र संस्थागत बिद्यालयका बिधार्थीहरुले प्रतिस्पर्धा गर्न सक्नेछन ।