अब नेपाल टेलिकमले ब्याण्डविथ इन्टरनेट चीनबाट भित्र्याउने

By प्रकाश धिताल     

NTC-630x386

इन्टरनेट सेवाको पहुँच सहज, भरपर्दो तथा सस्तो बनाउन मुलुककै ठूलो दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मित्रराष्ट्र चीनबाट अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याउन लागेको छ । अभियान दैनिकले प्रकाशन गरेको समाचार अनुसार १ महिनाभित्रमा ब्याण्डविथ भित्र्याउन सकिने जनाएको छ । हाल भारततर्फबाट मात्र जोड्न मिल्ने गरी अप्टिकल फइबर सञ्चालनमा रहेकोमा अबको करीब १ महीनासम्ममा चीनतर्फबाट पनि ब्याण्डविथ भित्रिने भएको  छ । यससँगै टेलिकम उत्तरतिरबाट ब्याण्डविथ भित्र्याउने नेपालका लागि पहिलो सोवाप्रदायक बन्ने छ । टेलिकमले चीन तर्फबाट ब्याण्डविथ भित्र्याउन अप्टिकल फाइबर जडानको कार्य सम्पन्न गरिसकेको छ । चीनतर्फको फइबर जडानको कार्य सञ्चालनमा आएपछि नेपालका लागि भारतमाथि मात्रै रहेको हालको निर्भरता अन्त्य हुने टेलिकमले जनाएको छ ।