संचारकर्मी संजिब अब निर्देशनमा

By प्रकाश धिताल     

11391306_852353058166930_3849644801069492787_n टाइम्स् एफ . एममा कार्यक्रम प्रस्तोताको रुपमा काम गर्दै आएका संजिब पौडेल अब म्युजिक भिडियो निर्देशन तर्फ लागेका छन् । ‘ तितो सत्य ’ बाट आफुलाई हाँस्यकलाकारको रुपमा दर्शक सामू छाएका संजिब केहि समय विभिन्न म्युजिक भिडियो सहयोगी तथा नेपाली कथानक चलचित्र ‘ पुरानो पुस्ता ’ मा मुख्य सहायक निर्देशकको रुपमा काम गरि सकेका छन् । ‘ अरुको काम गर्दा कुनै कुनै ठाउँमा चित्ता नबुझ्ने यसको ठाउँमा यसो गर्दा अझ राम्रो हुन्थ्यो जस्तो लाग्थ्यो । यसैले आफु भित्र गुम्सीएर रहेको भावनालाई बाहिर व्यक्त गर्न निर्देशन शुरु गरेको छु । हेरौँ दर्शकहरुले कति को मन पराउनु हुनेछ । ’ उनको भनाइ छ । निर्देशन शुरु गरेता पनि अझै धेरै कुरा सिक्न बाँकि भएको बताए ।
उनले निर्देशन गरेको पहिलो गीत बाराहि क्यासेट सेन्टर पोखराको प्रस्तुतीमा लक्ष्मण पौडेल र कल्पना ‘ देवकोटा ’ पौडेलको एल्वम ‘ अर्थ ’ मा रहेको ‘ यो माया हुन्छ किन ’ हो । यस गीतमा रुपक पाण्डे, रुपा तामाङ्ग तथा बालकलाकार दिव्या पाठकले अभिनय गरेका छन् । जुन गीत युटुबमा समेत सार्बजनिक गरि सकिएको छ ।