सहयोगको लागि आग्रह – सानो सहयोगले ज्यान बच्न सक्छ

By प्रकाश धिताल     

12645183_1014725331932320_2077662810840798437_n

नुवाकोट जिल्ला कुमरी डाँडागाउँ बस्ने २७ बर्षिय कृष्णहरी पुडासैनी २०७२ असार ३ गतेदेखि अस्पतालको बिछ्यौनामा नयाँ जीबनको भिख माग्दै अर्धमृत अवस्थामा सुस्ताईरहेका छन । बैशाख १२ को महाभूकम्पको बेला पर्यटक पथप्रदर्शकका रुपमा कार्यरत रहँदा खुट्टामा लागेको सानो चोट नै उनी र उनको परिवारका लागि महादशाका रुपमा प्रस्तुत हुन पुग्यो । यातायातको अत्यन्तै असुबिधा रहेको नुवाकोटको कुमरीबाट राजधानी स्थित अस्पतालमा ल्याउने क्रममा शुरुमा ओम अस्पतालमा भर्ना गरिएको र त्यसपछि उक्त अस्पतालबाट अन्यत्र लैजान अनुरोध भएपछि आई सि यु को खोजीगर्दै जनमैत्री अस्पतालमा लगेर भर्ना गरिएको थियो । उपचारका क्रममा उक्त अस्पतालमा मात्र रु. नौ लाखको औषधिका लागि मात्र खर्च भएको उनका पिता लिलानाथ पुडासैनी बताउनु हुन्छ ।

बिरामीका पिता लिलानाथ पुडासैनी पिडामा

12644641_1014725321932321_7766347955812203478_n-225x300

खर्चले धान्नै नसक्ने भएकाले गत माघ १४ गते बीर अस्पतालमा ट्रान्सफर गरिएको र हाल उक्त अस्पतालमा मृत्युसंग संघष गरिरहेका छन, २७ बर्षिय युवक कृष्णहरी पुडासैनी । उपचारका लागि आफन्त र गाउँबासीले पुर्याएको सहयोगले आजसम्म खुट्टा टेक्न सकेको ब्यथा गहभरि आँसुपार्दै बताउनु भएको थियो ।

 अब उनीसंग उपचारका लागि खर्च गर्नसक्ने अवस्था छैन । अचेत अवस्थामा बीर अस्पतालको बेड नं. ६३० मा बिछ्यौनामा पल्टिरहेका कृष्णहरी पुडासैनीको उपचारका लागि सहयोगका लागि हामी सबैसंग अनुरोध गर्दछौं । हामी मानवीय कार्यमा सधैं अग्रपंक्तिमा उभिरहने छौं । तपाईंको सानो सहयोग पिडित र उनका परिवारका लागि जीबनदान साबित हुनसक्छ ।

 हामी सम्पूर्ण ब्यक्तिहरुमा यथाशक्य सहयोगका लागि अपिल गरिरहेका छौं । सोझै सहयोग गर्न चाहनेहरुले बिरामी कृष्णहरी पुडासैनीका पिता लिलानाथ पुडासैनीको फोन नं. ९८१८१५६२८६ मा सम्पर्क गर्न सक्नुहुनेछ । साथै भेटेरै सहयोग गर्न चाहनेहरुले बीर अस्पताल स्थित ट्रमा सेन्टरको छैठौं तल्लामा अवस्थित बेड नं. ६३० मा गएर भेट्न सक्नुहुनेछ ।