मलेशिया स्थित पेनाङ् शहरका विभिन्न स्थानमा साङ्गितिक कार्यक्रम सुरु

By प्रकाश धिताल     

ccरकस्टार गुप्र पेनाङ्को आयोजनामा आज देखि मलेशिया स्थित पेनाङ् शहरका विभिन्न स्थानमा साङ्गितिक कार्यक्रम सुरु भएको छ चिनिया नया बर्षको अवसरमा लगातार तीन दिन संचालन हुने कार्यक्रमको आज पहिलो दिन पेनाङको सुङ्गाइ पतानिमा कार्यक्रम भएको थियो ।आज चर्चित गायक राजेश पायल राई, हस्य कलाकार जितु नेपाल (मुन्द्रे), लोक गायिका सिर्जु अधिकारी, मोडल तथा नायिका चन्दा दाहाल, नृत्य निर्देशक तथा हस्य कलाकार पेमा लामा लगयतको प्रतुती रहेको थियो भने कार्यक्रम चर्चित उद्घोषक शिव सुबेदिले सन्चालन गर्नु भएको थियो ।
मलेसियामा रहेका नेपालीहरुलाई सांगितिक कार्यक्रम मार्फत एकताको सन्देश र मनोरञ्जन दिलाउन कार्यक्रमको गरिएको आयोजकले जनाएको छ । उहाका अनुसार आज देखि फेब्रोअरी ९ सम्म धमका चल्ने छ । ३ दिन सम्म पेनाङ्का फरक फरक शहरमा संचालन गरिने कार्यक्रम को पहिलो दिनको सहाभागितले उत्साह थपेको संयोजक बद्री घिमिरेले जानकारी दिनु भएको छ । उहाका अनुसार आज मेलसियाको सुङ्गाइ पतानी मा कार्यक्रम भएको थियो भने भोलि परि पेनाङको पाच तारे होटेलमा हुनेछ । अन्तिम दिन अर्थात फेब्रुअरी ९ मा बिएम मा कार्यक्रम हुनेछ । घरबाट बाहिर रहेका नेपाली हरु बिच आत्मियता साटासाट गर्नको निम्ति कार्यक्रमको आयोजना गरीयको सहसंयोजक अर्जुन बिकले बताउनुभयो ।