फुटबल प्रतियोगिता सुसम्पन

By प्रकाश धिताल     

कैलालीको प्रतापुर यहि माघ १३ गते बाट सुरु भयको जिल्ला स्तरीय फुटबल प्रतीयोगिता आज सम्मपन्न भएको छ । २२ वटा टिमको सहभागीता रहेको प्रतीयोगिताको फाईनल भिडन्तमा आयोजक सृजना युवा परिवार प्रतापुर लाई एक का बिरुद्व दुई गोलले पराजित गर्दै वि वि वाई सि घैला बौनीयाले उपाधी माथि कब्जा जमाएको छ । मध्यान्तर सम्म निकै नै प्रतीस्र्पधात्मक भएको खेलमा तिन वटै गोल दोश्रो हापमा सम्भव भयको थिय । दोश्रो हापमा गजेन्द्र साहि को गोल संग अग्रता लिएको वि वि वाई सि का लागी जिवन चौधरी को गोलले जितको नजीकै पुराई सकेको थियो तर खेल सिकिन केहि मिनेट बाकी छदा वि वि वाई सि का डिफेन्डर को गल्ती को फाईदा लिदै सृजना का लागी डिटेच चौधरीले एक गोल गर्न सफल भए । अन्तयमा केहि आक्रमक भएको सृजना युवा परिवार अर्का गोल थप्न नसक्दा हार स्वीकार्न बाध्य भयो । प्रतियोगिता को बिजेता टिमलाई कार्यक्रम का प्रमुख अथिती कैलाली क्ष््रोत्र नं. २ का माननिय संसद मोहन सिह राठौरले नगद १५००० मेडल र प्रमाण पत्र प्रदान गरे । दोश्रो हुने आयोजक सृजना युवा परिवार भने ८००० मै चित्त बुझउन बाध्य भयो । प्तियोगीता भरी उत्कृष्ट खेल प्रदसन गर्ने सृजना युवा परिवार का प्रकास परियार बेस्ट डिफेन्डर,सृजना युवा परिवार कै सुदिप चौधरी बेस्ट प्लेयर हुदा वि वि वाई सि का विजय चौधरी उत्कृष्ट गोल रक्षक र प्रतीयोगितै भरी सबै भन्दा बडि ७ गोल गर्ने वि वि वाई सि का जिबन चौधरी बेस्ट स्कोरर बाट सम्मानीत भय । सृजना युवा परिवार का अध्यक्ष दिपक रावल को सभापतीत्वमा भयको कार्यक्रममा प्रतापुर वजार व्यवस्थापन समितीका अध्यक्ष्य प्रम भक्त रेग्मी, पुर्व गावीस अध्यक्ष केवालाल चौधरी,रेडक्रस उपशाखा प्रतापुरका सभापती मान बाहदुर देउवा लगायतको उपस्थीति रहेको थियो । सृजना युवा परिवार का बरिष्ट उपाध्यक्ष्य थण्डराज उपाध्यायको स्वागत मन्तव्य संगै कार्यक्रम को सुरुवात भएको थियो