निम्की बनाउने तरिका

By प्रकाश धिताल     

nimki2निम्की बनाउन आवस्यक सामग्री 

मैदा :  ३ कप,  नुन : २ चम्चा , घिउ : १ कप , जिराका दाना : १ चम्चा , कालो तिल : -डेढ चम्चा, खानयोग्य सुन्तला रंग :  अलिकति, तेल वा घिउ तार्न : आवश्यकताअनुसार

निम्की बनाउने विधि

एउटा भाँडामा मैदा राख्ने, त्यसमा नुन, तिल, जिरा, रंग, घिउ र पानी हालेर मज्जाले मुछ्ने। यस्तो पीठो नरम हुनुपर्छ। त्यसपछि स-साना गोला काट्ने। त्यसलाई पातलो गोलो बनाई बेल्ने र आधा पट्याउने। फेरि तीन चुच्चा तीन पत्र हुने गरी पट्याउने। त्यसपछि पान आकारमा ठूलो हुने गरी बेल्ने। यसलाई तातो घिउमा दुवै साइड पकाएर निकाल्ने। यसरी तयार हुन्छ निम्की ।