आयोडिनको परिचय र यसका फाईदा

By प्रकाश धिताल     

आयोडिन के हो ?
Ayo-noonगर्भावस्था  देखि जीवनको हरेक अवस्थामा बाच्च , स्वास्थ्य रहन र पूर्ण रुपमा मानसिक तथा बिकासका लागि मानिसलाई विभिन्न पोषकतत्वहरुको आवश्यकता पर्दछ । यी मध्ये आयोडिन पनि एक महत्वपुर्ण  खनिज तत्व हो जुन सबै उमेरका  मानिस तथा जिवजन्तुहरुलाई दैनिक रुपमा चाहिन्छ । गर्भावस्था देखि २ बर्षको उमेरसम्म मानिसको दिमागको ८० % बिकास भैरहेको हुन्छ  ।
त्यसैले यस समयमा शरीरमा आयोडिनको कमि भएमा मानसिक तथा शारीरिक बिकासमा अवरोध आउछ  ।  नेपालको भौगोलिक अवस्थाले गर्दा यहाको माटो र पानिमा आयोडिनको अभाब छ  ।  त्यसैले खानामा आयोडिन मिसाएको नून खानु नै एक सरल उपाए हो  ।
ढिके तथा खुल्ला नुनमा आयोडिन मिसाएको भएतापनि यसलाई भण्डारण गर्दा र बजारमा खुल्ला रुपमा राख्दा यास्समा भएको आयोडिन उडेर नाश हुन्छ । प्राय  जसो ढिके नून फोहोर हुने र धोएर खाने चलन भएकोले यसमा भएको आयोडिन पखालिएर अझै आश हुन्छ  ।
आयोडिनका फाइदाहरु
गर्वावस्थामा
illगर्भवती महिलाले दैनिक रुपमा आयोडिनको सहि मात्रामा प्रयोगले गर्भको बच्चाको मानसिक र शारीरिक बिकासमा मद्दत गर्छ  । साथै आयोडिनको कमीबाट गर्भ को बच्चा तुहिने , मरेको बच्चा जन्मने जस्ता समस्याहरु बाट बच्न  सकिन्छ  ।
indexबाल्यावस्थामा
बाल्यावस्थामा आयोडिनको सहि मात्राले बालबालिकाको मानसिक तथा बिकासमा मद्दत गर्छ  ।
images
किशोरावस्थामा
किशोरावस्थामा आयोडिनको सहि मात्राले मानसिक तथा  शारीरिक क्षमतामा बृद्दि हुन्छ  ।  जसले गर्दा पढाईका साथसाथै  अन्य क्रियाकलापमा  पनि सकारात्मक पर्दछ  ।
ddd
सबै उमेरमा
आयोडिनको सहि मात्राले मानिसको मानसिक तथा शारीरिक बिकास राम्ररी हुन्छ  ।  जसले गर्दा गलगाड तथा हाईपोथाईरोईडिजिम जस्ता समस्याहरु हुन बाट बचाउछ  ।