अनिताको भिडियोमा १६ फिटको झन्डा

By प्रकाश धिताल     

12666546_889450807836952_293832330_nनेपाली गीत संगीतको क्षेत्रमा यहाँ धेरै बहुप्रतिभाशालि व्यक्तिहरुको जमात नै छ ,यहि जमातमा सानै देखि गित संगीत भनेपछी हुरुक्क्क हुने स्वभाब भएकी सबै पाटोलाई एकै साथ अगाडी बढाएकी बहुप्रतिभाशालि बुढानिलकण्ठ घर भएकी गायिका , संगीतकार , गीतकार , मोडेल , निर्द्रेशक हुन अनिता श्रेष्ठ हुन । “हुने बिरुवा को चिल्लो पात ” भने जस्तै आजसम्म 3 वटा एल्बम “अनिताको आकांक्षा , अनिताको अनुभब अनि कलेक्सन एल्बममा समाबेश विभिन्न गीतहरु बजारमा ल्याएर श्रोता सामु परिचित अनिताले आफ्नो पछिल्लो एल्बम अनिताको अठोट बजारमा ल्याएकी छिन । सोहि एल्बममा समाबेश स्वदेश गित “म नेपाली हु” बजारमा ल्याएकी छिन । गायिका अनिताले देश प्रति माया गरेर यो गित बजारमा ल्याएकी हुन । गाउनु मात्रै नभएर अनिता एउटा मोडेल पनि हुन् र आफ्नो गीतको सम्पुर्ण कामहरु सबै आफैले गरेको बताएकी छिन ।

हामी सबै नेपालीले एकपटक हेर्ने पर्ने र सुन्ने पर्ने गित बनेको छ । जुन गित देशको अनि हामी सारा जनताको लागि बनेको छ । भाईराम श्रेष्ठ र आफ्नै निर्देशनमा अनिताले यो गीतको म्युजिक भिडियो बनाएकी छिन जुन गीतमा मोडेल नि आफै बनेकी छिन भने देबेन्द्र पराजुली (भोक लाग्यो ) र माधव पण्डितले पनि साथ दिएका छन् । भिडियो बुढानिलकण्ठ नगरपालिका द्वारा निर्माण गरिएको छ । यो भिडियोमा काठमाण्डौका विभिन्न पुरातात्तिक मठ मन्दिर लगाएत पुराना पुराना र पहिचान झल्काउने ठाउँहरुमा खिचिएको छ भने अर्को कुरा त नेपालमै पहिलो पटक १६ फिट अग्लो नेपाली झन्डालाई झल्काएर भिडियो निर्माण गरिएको छ ।

हेरौ यो भिडियो