परिवार नियोजन के हो ? यसका फाइदा अनि साधनहरु…

By प्रकाश धिताल     

pariwar-niyojan-5640b66baaf60_l

परिवार नियोजन के हो ?

  • दम्पतीले एक आपसमा सल्लाह गरि इच्छा अनुसार कहिले ,कति समयको अन्तरालमा र कति जना बच्चा पाउने निधो गरेर परिवार नियोजनको साधन प्रयोग गर्नु नै परिवार नियोजन हो ।                परिवार नियोजन कसका लागि ? इच्छा नभएको गर्भ रोक्न चाहनेका लागि । महिलाको उमेर कम्तिमा २० बर्ष नपुगुञ्जेल पहिलो गर्भलाई रोक्न चाहनेका लागि । एक बच्चा र अर्को बच्चा बिचको जन्मान्तर गर्न चाहनेको लागि । दम्पतिको इच्छा अनुसारको समय र चाहना अनुसारको संख्यामा बच्चा जन्माउन चाहनेको लागि । सन्तानको रहर पुगेका दम्पतिका लागि । व्यवस्थित र सुखी परिवार चाहानेको लागि ।

परिवार नियोजनको फाइदाहरु के के छन् त ?

  • लामो समयसम्म बच्चाले आमाको दुध खान पाउछन र बच्चालाई कुपोषण हुनबाट बचांउन सकिन्छ ।
  • पोषणयुक्त खाना बच्चाले खाना पाउंछन अनि राम्रै स्याहार पुग्दछ । जसले गर्दा बच्चाको बृद्दि बिकासमा राम्रो हुन्छ ।
  • महिलाले आफ्नो इच्छा अनुसारको सन्तान जन्माउन सक्छन । अनिच्छित गर्भ रोक्ने हुनाले गर्भपतन गर्नु पर्ने अवस्था आउदैन । नवजात शिशुले आमाको माया , ममता या स्याहार प्रशस्त मात्रामा पाउछ ।
  • ब्यवस्तित परिवार बनाउन सहयोग पुर्याउछ ।
  • व्यक्ति ,परिवार , समाज र देशको आर्थिकस्तर राम्रो हुन्छ ।

परिवार नियोजनको साधनहरु २ प्रकारको हुन्छन

– १) अस्थायी    – २) स्थायी

अस्थायी साधनहरु :

– १) कण्डम – २) पिल्स – ३) डिपो – ४) इम्पलाण्ट – ५) आ ई यु सी डि

स्थायी साधनहरु :

– १) मिनिल्याप   – २) भ्यासेक्टोमि

परिवार नियोजनको साधन सेवा पाईने स्थानहरु 

  • १ ) अस्पताल  २ ) स्वास्थ्य चौकी , उप स्वास्थ्य चौकी   ३ ) प्राथामिक स्वास्थ्य केन्द्र ४) घुम्ती , निजि परिवार नियोजन क्लिनिक