मधुमेह के हो र यसका लक्षणहरु

By प्रकाश धिताल     

मधुमेह भनेको के हो ?

diमानव रगतमा गुल्कोजको मात्रा सामान्य भन्दा बढी भई शरीरका अंगहरुको काममा असामान्य प्रभाब देखा परेको अवस्था लाइ मधुमेह भनिन्छ । यो रोग एकपटक भए पछि सामान्यतया जीवनभर भैरहने एक प्रकारको दिर्घकालिन समस्या हो ।

मानव शरीरको अम्बाश्य ग्रन्थि बाट स्वभाबिक रुपमा उत्पादन भईरहने इन्सुलिन हर्मोनको मात्रामा कमि हुन् आउनु वा भएका इन्सुलिन सहि मात्रामा उपयोग हुन नसक्नुको कारण भोजन बाट प्राप्त हुँने चिनी उर्जा शक्तिको रुपमा परिवर्तन हुन नसकी रगतमा थुप्रिन थाल्छन र शरीरका कोशिहरु ।

मधुमेहका प्रकारहरु

मधुमेह हुने प्रारम्भिक कारणकोआधारमा यसलाई दुई किसिमले बिभाजन गरिन्छ ।

१- पहिलो प्रकारको मधुमेह

यस प्रकारको मधुमेहमा शरीरको कम मात्रामा वा बिलकुलै इन्सुलिनको उत्पादन नगर्ने हुनाले शरीरमा इन्सुलिन अपुग वा अभाव हुने गर्दछ ।   यो पहिलो प्रकारको मधुमेहका रोगीलाई बाह्य स्रोतबाट इन्सुलिन हर्मोनको इन्जेक्सन आवश्यकता पर्दछ ।   प्राय जसो यस्तो प्रकारको मधुमेह सानो उमेरमा बढी हुने भएपनि अन्य उमेर समुहलाई पनि हुने गरेको छ ।

२- दोस्रो प्रकारको मधूमेह

यस प्रकारको मधुमेहमा शरीरको इन्सुलिनको उत्पादन त गर्दछ तर आवश्यक मात्रामा गर्न असमर्थ इन्सुलिनको उपयोग गर्न असमर्थ हुन्छ । उचित आहार तथा व्यायामका साथै औषधि माध्यम बाट यस प्रकारको रोगीको उपचार गरिन्छ । मधुमेह रोगिहरुमा प्राय यो दोस्रो प्रकारको मधुमेह बढी हुने गरेको पाईन्छ । यस प्रकारको मधुमेहको बिरामीलाई केहि समयको अन्तराल पछि शरीरको इन्सुलिन उत्पादन क्षमतामा क्रमश ह्रास हुन गई पहिलो मधुमेहमा जस्तै इन्सुलिनको आवश्यकता पर्न सक्छ ।   यस प्रकारको मधुमेह युवा अवस्थामा पनि हुन सक्ने भएता पनि प्राय १५ बर्षभन्दा माथिको मानिसमा बढी हुने गरेको पाईन्छ ।

मधुमेहका लक्षणहरु

रगतमा गुल्कोजको मात्रा बढी हुदा पनि धेरै मानिसकाहरुमा मधुमेहका कुनै लक्षणहरु देखा नपर्न सक्छन ।   तर भित्र भित्रै भने यसले असर पुर्याईरहेको हुन्छन ।

सामान्यतया लक्षणहरु

बढी मात्रामा र धेरै पॉतक पिसाब लागिरहनु ।

मुख सुख्खा हुने , बढी तिर्खा लाग्नु ।

बढी भोक लाग्नु तौल घट्दै जानु ।

कमजोरी आलस्यता , थकान महसुश हुनु ।

यौन शक्ति घट्दै जानु ।

घाउचोट निको हुन् बढी समय लाग्नु ।

हात खुट्टा झमझमाउनु , दुखाईको चाल नपाउने ।

शरीरका विभिन्न अंग जस्तो छाला , पिसाब नाली , योनिभित्र संक्रमण हुने र गिजा पाकिरहने ।