पासाङ्ग तामाङ्ग भन्छन ”बाँचुन्जेल संगै बाँचौं मरे संगै मरौ”

By प्रकाश धिताल     

लामो समय देखी साहित्य सिर्जना , गीति लेखनमा , निरन्तर लागी परीरहेका गीतकार तथा मोडेल पासाङ्ग तामाङ्गको गीति एल्बम ” तिम्रो यादमा ” समाबेश गीत – बाँचुन्जेल संगै बाँचौं मरे संगै मरौ, को आज म्यूजिक भिडियो सार्बजनिक भयकोछ ।

मलेसीयाको पीडी समुद्रीक किनार र म्युजियममा छायाङ्कन गरीएको गीतमा मोडल गीता राई र नयाँ अनुहार पवन तामाङ्गको बेजोड अभिनय देख्न सक्नु हुनेछ ।

“बाँचुन्जेल संगै बाँचो मरे संगै मरौ ” यती मिठो शब्दमा ब्यस्त संगीतकार मनिपाल राईको संगीत र मिठो स्वरका धनी अमर राईको आवाज सुन्न सकिन्छ । भिडीयोलाई चर्चित निर्देशनक सुन्दर लावती को निर्देशन रहेकोछ भने क्यामेरा पनि यो भिडीयोमा सुन्दर अफैले चलाएका छन् ।