मातृका यादवले राजिनामा दिए

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं- नेकपा माओवादी केन्द्रका हेडक्वाटर सदस्य मातृका यादवले प्रदेश इन्चार्जबाट राजिनामा दिएका छन् । संगठनको विभागसँग असन्तुष्ट रहेका यादवले अध्यक्ष तथा प्रधानमन्त्री पष्पकमल दहाल प्रचण्डलाई मौखिक राजिनामा दिएको बताइएको छ ।  प्रदेश नम्बर २ का इन्चार्ज रहेका यादवले बैठक राख्दा नेतृत्वले असहयोग गरेको भन्दै असन्तुष्ट थिए । यादवले प्रचण्डलाई भेटेर प्रदेश इन्चार्जमा नबस्ने बताएका हुन् ।

केही दिनअघि वाइसिएलको एकता भेलामा पनि मात्रिका यादव पक्षका कार्यकर्ताले विरोध गर्दै कार्यक्रम बहिस्कार गरेका थिए । पार्टी परित्याग गरेका यादव गत जेठमा भएको एकता प्रक्रियाबाट पुनः माओवादी प्रवेश गरेका थिए ।यादवको राजिनामा बारेमा प्रचण्डले निर्णय गरिनसकेको बताइएको छ ।