खाना पकाउने ग्यासको मूल्यमा वृद्धि

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं- नेपाल आयल निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढौको छ । अब एक सिलिन्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँ पुगेको छ ।

भारतीय आयल कर्पाेरेशनले पाएको नयाँ मूल्य सूचीअनुसार निगमले ग्यासको मूल्य समायोजन गरेको निगमका कार्यात्रकारी निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए । पट्रोल र डिजेलमा भने मूल्य घटबढ गरिएको छैन ।

भारतीय आयल कर्पोशरनले मूल्य बढाएर पठाएपनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै तेलको मूल्य न नबढाइएको उनले बताए । ‘उपभोक्तालाई रहात दिन कै लागि तेलमा मुल्य बढाइएको छैन’ खड्काले भने । यसअघि नै निगमलाई डिजेलमा प्रतिलिटर ३. १७ रुपैयाँ प्रतिलिटर घाटा थियो ।