“तिम्रो साथ पाउँदा खुशी हुने मन”को भिडियो सर्बजानिक

By प्रकाश धिताल     

गीतकार सुरज बिबशले आफ्नो जन्म दिन पारेर दिपक काफ्लेको “आरती” एल्बममा रहेको गीत ” तिम्रो साथ पाउँदा खुशी हुने मन” सर्बजानिक गरेका छन् ।

सुरजले यस अघि पनि” “धुजा धुजा पारेउ मुटु” ”म यो धर्तिको कुरा गर्छु ” पक्कै तिमि ” जस्ता आधी दर्जन जति गीत सार्बजनिक गरिसकेका छन् ।

”’मानेन मानेन ” बाट बजारमा आफुलाई मोडलको यात्रामा उभ्याएका दिपकले गायक प्रमोद खरेको आवाज , सुरज गैह्रे बिबशकै शब्द अनि सन्तोष केसीको  संगीतमा रहेको ” तिम्रो साथ पाउँदा खुशी हुने मन ” मा पनि आफ्नो अभिनय पस्केका छन भने उनलाई नम्रता सापकोटाले साथ् दिएकि छिन ।

कुमार केसीको यो गीतमा निर्देशन रहेको छ भने अजय रेग्मीको छायांकन संगै अनुप सिवाकोटीको सम्पादन रहेको भिडियोलाई एस एस डिजिटलले बजार ब्याबस्था गरेको छ ।

हेरौ भिडियो