पोखरामा मीराले भेटिन आफ्नै मायालाई

By प्रकाश धिताल     

बहु( प्रतिभाशाली कलाकार मीरा गुरुङको जन्म तनहुमा भएको थियो। बिगत केहि समय देखि अमेरिकामा रहेर नेपाली संगित जगतमा आफ्नो स्थान हासिल गर्न सफल भएकी नायिका पछिल्लो समय गायन तर्फ फड्को मारेकी छिन् । नायिकाहरु गायनमा पनि सकृय हुने क्रम बढिरहेको बेला गुरुङ चलचित्रकी चर्चित नायिका मिरा गुरुङ पनि गायिका बनेकी हुन् ।

आधा दर्जन गुरुङ चलचित्र अभिनय गरिसकेकी नायिका मीराले झन्डै १ दर्जन भन्दा बढी म्युजिक भिडियोमा आफ्नो जबर्जस्त भूमिका प्रस्तुत गरिसकेकी छिन्। गुरुङ चलचित्रको ‘उत्कृष्ट नायिका’को एवार्ड समेत हात पारीसकेकी मिराले ६ ओटा गुरुङ चलचित्रमा अभिनय साथै अमेरिकन नेपाली कलाकार संघकी भाईस प्रेसीडिण्ट समेत बन्न सफल भएकी छिन् । मीराले ुगुरुङ कि छोरीु गीत मार्फत गायनमा प्रबेश गरेकी हुन ।

गुरुङ कल्चर र लोक परिबेशलाई देखाउन खोजिएको गीत गुरुङ कि छोरीु ले चर्चा पाएपछि मेरा अर्को म्युजिक भिडियो ”पोखरा” लिएर आएकी छिन्। एन। बि दाहालको शब्द र बिमल डागिको संगीतमा तयार भएको गीतमा मीरा गुरुङको स्वरले भरपुर मिठास पारेको छ । सुरेश दर्पण पोखरेलको निर्देशन रहेको म्युजिक भिडियोमा सोयम आफ्नो र छिरिङ रब्गेलाई पनि देख्न सकिनेछ ।