नेपालगन्जमा अटो रिक्सा छुदा करेन्ट लागेर चौधरीको मृत्यु

By कृष्ण प्रसाद पौड्याल     

नेपालगन्ज- नेपालगन्ज – १ शिवमन्दिर नजिक एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । वर्दिया सोरहवा – २ जगतियाकी ४० बर्षिया वासमती चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मंगलबार बेलुका साढे पाँच बजे तरकारी वेच्दै जाने क्रममा व्याट्री चार्ज गरी राखेको अटो रिक्सामा छुदा करेण्ट लागेकी चौधरीको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो । अटो चालक वावुलाल गुप्ता र अटो रिक्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।