लक्ष्मी ढकालको प्रस्तुतिमा रोइला गीत ” यो दाइ फेरी आउदैन ”

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं- पछील्लो समयमा लोकगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका हुन लक्ष्मी ढकाल ।  लोकगीतलाई कसरी अगाडि लैजाने र समय सापेक्षय बनाउदै यसको मौलीकता जोगाइ राख्ने भन्ने कुरामा सधैं चिन्तित रहने गायिका मधेय कि एक गायिका हुन लक्ष्मी ढकाल । नेपाली मौलिक संस्कृतिको सजावट नेपाली गीत संगीतमा बिकृति भित्र्याई रहेको हो कि भन्ने भान भैरहंदा बिन्ध्यबासिनी म्युजिक प्रालिले उनै गायिकाको  प्रस्तुतिमा रोइला गीत ” यो दाइ फेरी आउदैन ” बोलको गीतलाई बजारमा पस्केको छ ।

यस गीतमा बिशेषगरी रोइला गीत बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल शिरिष देबकोटाको लय शब्द रहेको छ भने शिरिष र लक्ष्मी ढकालको सुमधुर स्वर रहेको छ । बिन्ध्यबासिनी म्युजिक प्रालिले यस गीतको म्युजिक भिडियो पनि सार्बजनिक गरिसकेको छ । प्रकाश भट्ट र पुर्णिमा श्रेष्ठ द्वारा अभीनित यस भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन हरिनारायण चौधरी र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्नुहोस्