अरुणिमा शैक्षिक प्रतिस्ठान र महेन्द्र बौद्ध माध्यमिक श्रोत केन्द्रले आयोजना गरेको बृहत् विज्ञान प्रदर्शनी कार्यक्रमको उत्घाटन

By प्रकाश धिताल     

अरुणिमा शैक्षिक प्रतिस्ठान र महेन्द्र बौद्ध माध्यमिक श्रोत केन्द्रले आयोजना गरेको बृहत् विज्ञान प्रदर्शनी आज एक भब्य कार्यक्रमको बिच उत्घाटन भएको छ ।

अरुणिमा उच्च माध्यमिक बिद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा विभिन्न २३ बिद्यालयले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । कार्यक्रमको विभिन्न २३ स्कुलका १० हजार भन्दा विद्यार्थीले अवलोकन गरेका छ्न । श्रोत केन्द्र र अरुणिमा स्कुलको संयुक्त आयोजनामा भएको पर्दशनीमा प्रतियोगिको अलवा अरुणिमा स्कुलका विद्यार्थीले १०० भन्द बढी विद्यार्थीले विभिन्न स्टल राखेका थिए ।

स्टलमा सामान्य बिज्ञानका प्रस्तुती देखि डोजर,इलेक्टि्रकल कार,ईरिगेसन सिस्टम र हाइड्रोपावर सम्मका परियोजना विद्यार्थीले पर्दशन गरेका थिए । स्टल राखेका विद्यार्थी मध्यका अरुणिमा स्कुलमा कक्षा ९ मा पढ्ने आशुतोष बोहराले पर्दशनीमा आफ्नो स्टल राखेर देखाउन पाउँदा धेरै खुसी लागेको र यस्ता खालका कार्यक्रम हरेक स्कुलले आयोजना गर्न सके निकट भविष्यमा नेपालले धेरै बैज्ञानिक जन्माउने धारणा आशाका किरण मिडियालाई राखेका थिए । कार्यक्रममा सहभागी अधिकांश सहभागीले कार्यक्रम राम्रो भएको प्रतिकृया दिएका थिए र आगामी दिनमा यस्लाई अझ ब्यवस्थित गरेर आयोजना गर्न सुझाव समेत दिएका थिए । कार्यक्रमको अवलोकन जिल्ला शिक्षा अधिकारी लगाएत विभिन्न स्कुलका प्रतिनिधिले चाख लगाएर अवलोकन गरेका थिए ।

मदन भण्डारी स्कुलबाट प्रतियोगीको रुपमा सोलार सिस्टमको स्टल समालेकी स्नेहा धितालले आशाका किरणको दिनभरी हजारौं विद्यार्थीलाई बुझाउँदा अल्छि लागेन भन्दा,आफुलाई आफुले आर्जन गरेको ज्ञान हजारौंलाई राख्न पाउँदा खुसी लागेको कुरा बताएकी थिएन ।
कार्यक्रमका संयोजक एवम अरुणिमा स्कुलका प्रधानाध्यापक ईश्वरी प्रसाद लामिछानेले विद्यार्थीको क्षमता प्रस्फुटन गराउन र विद्यार्थीमा सिर्जनात्मक क्षमता बढाई देशलाई असल र क्षमतावान नागिरक उत्पादन गरेर दिने उद्धेश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको बताएका थिए । कार्यक्रममा समाजसेवी भिमानन्द ढुङ्गाना,गोपाल बराल,वसन्त रिजाल लगाएतले अवलोकन गरेका थिए । कार्यक्रम भोलीसम्म चल्ने छ ।