इभेन्ट कोरियोग्राफर संगै गायनमा बिपना

By प्रकाश धिताल     

लामो समय देखि नेपालि म्युजिक भिडियोमा मोडलिंङ्ग गर्दै आएकी चर्चित मोडेल तथा इभेन्ट कोरियोग्राफर हुन् विपना थापा । यिनै विपनाले आफैले गायको ‘तिम्रै नाउँमा यो जीवन’ बोलको नया गीत निकालेकी छिन र सोहि गीतको म्युजिक भिडियो पनि सार्बजनिक गरेकी छिन ।

पछिल्लो समयका चर्चित फेसन डिजाइनर कमल मानन्धरले यो गीतको म्युजिक भिडियोमा ड्रेस डिजाइन गरेको पहिरनमा उनि देखिएकी छिन  ।

प्रमोद कोइरालाको शब्द / संगीत रहेको यो गीतमा राकेश गुरुङको एरेञ्ज रहेको छ । हरि हुमागाइँको छायांकन र निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।
भिडियो हेर्न तलको लिंकमा गरौ