गितकार शिव कुमारको प्रस्तुती रहेको प्यासी प्यासी गितको भिडियो छायांकन

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं- अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्ट र गितकार शिव कुमार दनुवारको प्रस्तुतिमा लामो समय देखी नेपाली साङ्गितिक क्षेत्रमा आबद्ध चर्चित गायक गङ्गाधर पराजुलीको आवाजमा रहेको प्यासी प्यासी बनाएर छोड्यौ निर्माया बोलको गितको म्युजिक भिडियो आज छायांकन हुँदै छ ।

अहिलेका ब्यस्त अनि चर्चित सिनेम्याट्रोग्राफर ज्ञानेन्द्र शर्माले यो गितको छायांकन गरेका छन भने प्रकाश धितालले निर्देशन गरेका छन ।  पारिवारिक विषय बस्तु संगै प्रेम कथामा आधारित यो गितको भिडियोमा कृस्टिना थापा र सन्जय पौडेलले अभिनय गरिरहेका छन भने गितको छायांकन काठमाडौ आसपासका क्षेत्रमा भैरहेको छ ।