माओवादी केन्द्रमा पहिरो, ७० जना केन्द्रीय सदस्यले दिए सामुहिक राजीनामा

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं- माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यले बुधबार पदबाट राजीनामा दिएको खबर आजको कान्तिपुरमा छापिएको छ । ठूलो संख्यामा रहेको पार्टी केन्द्रले तलको संगठन ध्वस्त भएको निक्र्योल निकाल्दै पार्टी सुदृढीकरणमा सहयोग पुर्याउने भन्दै एकैसाथ राजीनामा दिएका हुन् । चार हजार केन्द्रिय सदस्य रहेको पार्टी केन्द्रका कारण कार्यकर्तामा निराशा आएको र यसले नजिकिँदो चुनावलाई गम्भीर असर पुर्याउन सक्ने भन्दै पार्टी हेडक्वाटरलाई दबाब दिन यस्तो निर्णय गरेको राजीनामा पत्रमा उल्लेख छ ।

राजीनामा दिनेहरुमा पार्टी केन्द्रीय कार्यालय सदस्य अग्निप्रसाद सापकोटा बाहेकका छन् । पार्टी केन्द्रबाट राजीनामा दिएर जिल्लालाई मजबुत बनाउने र स्थानीय तहको चुनाव जित्ने उद्देश्यले रामुहिक राजीनामा दिएको जिल्ला अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए ।