पाल्पाको भैरवस्थानमा शिक्षकको यातनापछि विद्यार्थी अस्पताल भर्ना

By कृष्ण प्रसाद पौड्याल     

पाल्पा- पाल्पाको भैरवस्थान गाविस स्थित भैरव जनता माविका शिक्षकले गृहकार्य नगरेको भन्दै बिद्यार्थीलाई यातना दिदै आएका छन् । घरको लागि दिईएको गृहकार्य नगरेको भन्दै साना साना बिद्याथीहरुलाई सजायस्वरुप कुखुरा बन्न लगाएर बेच्नमा उभ्यादा उनीहरुमा बिभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ ।

यातना पश्चात बिद्यार्थी बिरामि भएर अस्पतालमा नै भर्ना गर्नुपर्ने भएपछि अभिभावकलाई बिद्यालयको बिरुद्ध कुनै उजुरी नगर्न धम्की दिने गरेको पनि अभिभावकको गुनासो छ । केहि दिन अघि मात्रै पनि मावि तहका शिक्षक चिरञ्जीवी बास्तोलाले बिदामा दिएको गृहकार्य नगरेको भनेर कक्षा ६ मा अध्ययनरत बा¥ह वर्षीया दलित छात्रा सुस्मिता रुचाललाई सजायस्वरुप कुखुरा बनाउँदा उनी बेहोस बन्न पुगेकी थिइन् ।

विद्यालय हाजिर नभएको बेलाको गृहकार्य नगरेको बताए पनि आफूलाई एक घन्टासम्म कुखुरा बनाएको पीडित विद्यार्थीको भनाइ छ । रुचाल कुखुरा बनेर बेन्चमा बस्ने बिभ्किै बेहोस भएकी थिईन । रुचालसँगै पेसा व्यवसाय पढाउने शिक्षकले अर्का विद्यार्थी मनिषा थापालाई समेत एक घन्टा कुखुरा बनाएर यातना दिएका थिए । उनको उपचार पाल्पामा सम्भव नभएकाले काठमाडौँ लैजानुपर्ने सुझाव अस्पतालले दिएको आफन्तले बताएका छन् ।
शिक्षकले कुखुरा बनाएपछि मात्र पहिलोपटक बेहोस बनेको र त्योभन्दा अघि कुनै पनि समस्या नदेखिएको रुचालका काका सुमितको भनाई छ ।

उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै पनि उजुरी परेको छैन । आफन्तलाई उजुरी नदिन विद्यालय प्रशासनबाट दबाब आएको पीडित पक्षको भनाइ छ । विद्यार्थी अस्पतालमा उपचाररत हुँदा शिक्षकले राजनीति गरेर दोषीलाई संरक्षण गरेको अखिल क्रान्तिकारीका नेता विशाल ओलीले बताउनु भयो । जिशिका पाल्पाले आज विद्यार्थी सङ्गठनका प्रमुख, विद्यालयका प्रअ र शिक्षकसहित जिल्ला शिक्षा कार्यालयमा बैठक बसेर दोषीमाथि कारबाही गर्ने जानकारी दिएको छ । जिशिका शाखा अधिकृत रेशम न्यौपानेले घटनाको छानबिन गरी दोषीलाई कारबाही हुने बताउनुभयो । गत वर्ष पनि दुई दलित विद्यार्थीमाथि शिक्षकले कुटपिट गरेको घटना सार्वजनिक भएको थियो । mirmireonline बाट