बिन्ध्यबासिनि म्युजीकको यु_ट्युव च्यानल ह्याक, आर्थिक-सामाजिक र मानसिक क्षति

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं- स्याङ्जाका सुबाश रेग्मिले संन्चालन गरेको बीन्धयबासीनी म्युजीकको यु_ट्युव च्यानल ह्याक भएको छ । संगीतकर्मी को सम्मानमा जहिले खटने – बिन्ध्यबासिनी म्युजीकले गीत संगीतमा पछील्लो समय ब्यबसायिक लगानी गर्ने म्युजिक कम्पनी, संगीत पत्रकारिता र अग्रजको सम्मान र अनुजको प्रोत्साहनका निमित्त समय खर्चने गरेको छ । कुनै संघ सस्था र संगीतकर्मिलाई गाह्रो अफ्ट्यारो पर्दा संगीत ब्यबसायिका हिसाबले सबै सहयोग गर्ने – बिन्ध्यबासिनी म्युजिकले संगीतलाई जनताको दु:खसुख सँग जोडेर दुर्गमका विद्यार्थीको अध्ययनमा कटने संगीतको प्रतिनिधी, लाखौ रुपैया खर्चेर समग्र संगीत क्षेत्रको जय जय का निमित्त दैनिक खटने सस्था-बिन्ध्यबासिनी म्युजिक कम्पनी बनेको छ ।
मौलिक र कालजयी गीत संगीतको सम्रक्षणमा खटने एउटा मात्र ब्यबसायिक म्युजिक कम्पनी-बिन्ध्यबासिनी म्युजीक कम्पनीले  कलाकार र संगीतकर्मिलाई नमारेको-नपारेको-ननिचोरेको-नथिचोरेको एउटा म्युजिक कम्पनीको रुपमा आफुलाई स्थापित गरेको छ ।बिन्ध्यबासिनी ब्यबसायिक प्रतिस्प्रधा फोहोरी हुनुहुदैन र श्रस्टाले आफ्नो अधिकार पाउनु पर्छ भनेर सधैं आवाज उठाइरहने म्युजिक कम्पनी-बिन्ध्यबासिनी रहेको छ । ब्यापार त पेशा भन्दा सेवा र सहयोगको भावनाले खटिरहेको म्युजिक कम्पनी को यूटुब च्यानललाइ समस्या परेको छ । जून च्यानलमा कम्पनि स्वयमले लगानि गरेको करौडौ र कलाकार ले लगानि गरेको करौडौको सम्पत्ति जोखिममा छ ।

एक हिसाबले भन्ने हो भने कलाकारका हैसियतमा पछिल्लो समय गिति संग्रह प्रकाशन गरेका अग्रज देखि अनूज सम्मका श्रृजनाहरू आम श्रोता दर्शकको पहुचबाट बाहिर पुगेको छ । धेरै कालजयि श्रृजनाहरू गलत काम गर्नेका कारण बन्धक बनेका छन । अहिले बिन्ध्यबासिनि म्यूजिक प्रा.लि. लाइ ठुलो आर्थिक-सामाजिक र मानसिक क्षति परेको छ ! श्रस्टा सम्मान र सामाजिक कार्यमा समेत अग्रणी भुमिका निर्वाह गर्दै आएको बिन्ध्यबासिनिको च्यानलमा सबै सालिन सरल र बिसुद्द मौलिक गित संगित र सामाग्रीहरू थिए । यस्तो बिपदको घडिमा नेपालमा भएका गित संगित संग सम्बन्धित संघ संस्थाहरू मौन छन, किन !?? यो प्रश्न कहा गर्ने ?? कसलाइ गर्ने ?? सुबाश रेग्मि प्रश्न गर्छन् ।