प्याब्सकमा ११ सदस्यीय नयाँ कमिटी

By प्रकाश धिताल     

काठमाडौँ- निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ प्याब्सकको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।शनिबार रामनगर पार्टि भेन्युमा सम्पन्न अधिवेशनले कान्तिपुर एकेडेमि हाई स्कुलका प्रिन्सिपल बाल कुमार गुरुङ्गको अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटी चयन गरेको छ ।
२ बर्षका लागि निर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा बाल कुमार गुरुङ्ग, उपाध्यक्ष नारायणबाबु तिमल्सिना, महासचिव गेन्द्र लामा, सचिव समिर बस्तोला, कोषाध्यक्ष राज कुमार बोगटि त्यसैगरी सह–कोषाध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन । त्यस्तै संगठनको सदस्यहरुमा क्रमश गंगा देवि घिमिरे, बसन्त अर्याल, नारायण सापकोटा, दिबेश खत्री र गणेश धिताल निर्वाचित भएका छन ।

काठमाडौँ जिल्लाका जिल्ला शिक्षा अधिकारी जया प्रसाद आचार्यको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा जिशिअ आचार्यलाई सम्मान समेत गरिएको थियो ।कार्यक्रममा बोल्दै नवनिर्वाचित गुरुङ्गले विद्यार्थीको चौतर्फि विकासका लागि शैक्षित गुणस्तरको विकासको साथै सस्थागत विद्यालयहरुको सामुहिक समस्या समाधानका लागि आफ्नो नेतृत्वको नयाँ कार्य समितिले ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।