स्वतन्त्र मधेश अभियानका सम्योजक भनिएका सि.के. राउतको अभिब्यक्ती प्रती नागरिक समूहको ध्यानाकर्षण

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं- देशमा पछील्लो समय राष्ट्रियता र राष्ट्र निर्माणका लागि युवाहरुको महत्वपूर्ण भूमिका रहन्छ भनी बिभिन्न कार्यक्रम गर्दै आइरहेको नागरिक समूहले सि के राउतको पछील्लो कृयाकलाप तथा देश टुक्य्राउने अभिव्यक्ति प्रती आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ । आइतबार समूहले आफ्नो धारणा सार्वजनिक गर्दै भनेको छ ।

यो देशमा कहाँ छ सरकार ? कहाँ छन् आफुलाई देशको अगुवा पार्टी मान्ने दलका नेताहरु ? खुलमखुल्ला देशद्रोह र देश टुक्य्राउने अभिव्यक्ति दिँदै हिँड्ने सिके राउतले हजारौं मानिस उतारेर छुट्टै मधेशको माग राख्ने कार्यक्रम गर्ने पूर्व जानकारी पाउँदा पाउँदै सरकार क्वारक्वार्ती के हेरिरहेको थियो ? देश विभाजन गर्न चुनौती दिने सिके राउतलाई कारवाही गर्नु पर्नेमा किन सरकार, राजनैतिक दल र तीनका भातृ संगठन समेत मौन छन् ? यदी देशमा सरकार छ भने सिके राउत प्रवृत्तिलाई हदैसम्मको कारवाही गर्न नागरिक समूह सरकारसँग जोडदार माग गर्दछ । यदी यस्ता देशद्रोहीलाई कारवाही गरि कानुनी कठघरामा उभ्याउन सरकार लाचार हुन्छ भने मनन गरे हुन्छ, जनता चुप लागेर बस्ने छैन । राष्ट्र, राष्ट्रियता र स्वाभिमानमाथी खेलवाड गर्ने सबै देशका शत्रु हुन् ।

नागरिक समूहको प्रेस विज्ञप्ती