गायक सुरज श्रेष्ठ भुल्यौ कि भुलेकी छैनौँ बोलको गीतमार्फत पुन बजारमा

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं-  २०६९ सालमा पहिलो एल्बम “सुर” मार्फत दर्सक स्रोता माझ साक्ष्यात्कार हुने मौका पाएका गायक सुरज श्रेष्ठले धेरै गीत गाएका छन । “एउटा कुरा” बोलको गीतबाट उनलाई गायकको रुपमा परिचय गराइ दियो । त्यसपछी “मुद्दा हालिदिन्छु” गीतले उनलाई अझ धेरै दर्सक स्रोताहरुको माझ परिचित बनायो । जुन गीतबाट म्युजिक खबर अवार्ड २०१४ मा “सर्बोकृस्ट पोप गायक्” को उपाधी प्राप्त गर्ने मौका समेत उनले पाए । यस्ले उनलाई अगाडिको यात्रा गर्न अझ हौसला प्रदान गर्‍यो ।

“पहिलो माया”  युगल गीत गाइका मिङ्स लामा सँग गाएका  थिए, जुन गीतले निकै चर्चा पायो । हरेक पटक आफुलाई फरक सैलिमा प्रस्तुत गर्न कोसिस गर्ने गायक  श्रेष्ठले पछील्लो पटक गजल रचनालाई वेस्टर्न ज्याज फर्ममा प्रस्तुत गरेका छन ।  संगीतकार राजु सिंह ले पनि स्विकार्नु हुन्छ कि वहाँको साङितिक जिवनको बिल्कुल फरक संगीत सृजना हो । “भुलेउ कि भुलेकी छैनउ”  गीतमा  रचना बिक्रम बिबस्, संगीत राजु सिंह, संगीत सम्योजन गोपाल रसाइलि, रेकर्ड साजन शाह र मिक्सिङ किशोर थापाले गरेका छन । यो भिडिओलाई अमेरिकाको मनोरम स्थानहरुमा छायान्कन गरिएको छ  । पुर्निमा ने वा, देव छेत्री, जङ्बु शेर्पा लगायत का कलाकार को अभिनय रहेको छ । भिडीयोको छायाकार शम्भु मोक्तान र ज्ञानेन्द्र शर्मा, सम्पादन प्रबिन श्रेष्ठ, निर्देसन बिक्क्री पुलामिले गरेका छन ।

भिडियो हेर्नुहोस्