पपुवान्युगिनीमा ८ रेक्टरको भूकम्प

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं- पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण सुनामी आउन सक्ने चेतावनी दिइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार सोलोमन द्विपको १६७ मिटर गहिराईमा भूकम्प गएको छ ।

नेपाली समय अनुसार आइतबार बिहान सवा १० बजे भूकम्प गएको हो । भूकम्पको क्षतिको विवरण आइसकेको छैन । onlinekhabar.comबाट