रायन कार्कीको नया गीत “केबल तिमीलाई” को भिडियो सार्वजनिक

By प्रकाश धिताल     

गायक, संगीतकार तथा म्युजिक भिडियो निर्देशक रायन कार्कीको आवाज रहेको पप गीत केबल तिमीलाईको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा कार्कीकै शब्द तथा संगीत रहेको रहेको छ । गीतमा उज्ज्वल र संजयको संगीत संयोजन रहेको छ ।

भिडियोमा अनिश र जोया श्रेष्ठको अभिनय रहेको छ । गायक रायन कार्कीले नै म्युजिक भिडियो निर्देशन गरेका छन् । उनी गायनसगैं म्युजिक भिडियो निर्देशनमा पनि उतिकै व्यक्त र चर्चित छन् । भिडियो उत्सव दहालको छायांकन, प्रविण श्रेष्ठले सम्पादन गरेका छन् भने सिमा गुरुङको श्रृंगार रहेको छ ।

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ