ओम रोदनको “तिमी बाहेक” गीतको भिडियो सार्बजनिक

By प्रकाश धिताल     

काठमाण्डौ – चाहे मोडलिङ्गमा होस् चाहे गायनमा होस् पछिल्लो समय नेपालि कलाकारिता संग संगै नेपाली गीत संगीतमा आफुलाई अब्बल बनाउदै आएका कलाकार हुन् ओम रोदन ।

यिनै ओमको आवाजमा रहेको नया गीत “तिमी बाहेक” सार्बजनिक भएको छ । यो गीतमा रोदनलाई चर्चित गायिका अन्जु पन्तले साथ् दिएकि छिन भने गायक रोदन आफैमा एक कुशल गीतकार अनि संगीतकार पनि हुन् ।

अहिलेका व्यस्त अनि निकै नै चर्चित संगीतकार अर्जुन पोख्रेलको यो गीतमा शब्द अनि संगीत रहेको छ। यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ  ।

म्युजिक भिडियोलाई निर्देशक अर्जुन अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा बेनिषा हमाल संगै ओम रोदन आफैले अभिनय गरेको भिडियोलाई हरि हुमागाईंले छायांकन गरेका छन् भने निशान घिमिरेको सम्पादन रहेको छ । भिडियोमा २ प्रेमी प्रेमिका बिचको गहिरो सम्बन्धलाई देखाउन खोजिएको छ ।

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ