शिव अखेलि ले बनाएको एक हजार को नोट सार्बजनिक (भिडियो सहित)

By प्रकाश धिताल     

भयो मेरो जिन्दगी आज”
पानी भित्रै भिजेको कागज”
एक हजार को नोटले” खुशी किन्न पाइनी भा एक हजार को नोटले कति मुस्कान दिदो हो आज मेरो ओठले।
विशेष गरि सेन्टिमेन्टल गीतहरू सिर्जना गर्न मा माहिर सर्जक हुन शिव अखेली बिगत १ दशक देखि नै नेपाली लोकगीतसंगीत क्षेत्रमा कृयाशिल रहेका सर्जक अखेली ले हालसम्म ८ दर्जन बढि आफ्ना सिर्जना हरु श्रोता दर्शक माझ पस्किसकेका छ्न भने सेते दाइ सं पार्सल पठाछु”
कलाकार ले देखे,हिमाल को काख बाट सेती बग्यो सानू”, बिशाल बजार किन्दिनी धन छैन, खाडी मुलुक को पीडा, कोदो,आउने जाने बसैको भाडा तिरम्ला,उपन्यास , रुझेको छु आँसु धारामा, घाम पानीले छुदैन,कर्मैले दिएन,फुल सम्झ या काडा लगायत अरु थुप्रै गीतहरू ले सांगीतिक बजारमा राम्रै चर्चा बटुलेका थिए । भर्खरै मात्र पनि उनै सर्जक अखेली को शब्द सिर्जना मा एक फरक गीत १ हजार को नोटले सार्बजनिक भएको छ । पछिल्लो समय चर्चामा रहेका प्रदेशी गायक सुर्य खड्का र सीता परियार को स्वर रहेको यश गीतको भाका गायक सुर्य ले नै सिर्जना गरेका हुन । निर्देशक कुमार केसि को निर्देशन रहेको यश गीत को म्युजिक भिडियो मा महेन्द्र पिसि र सारिका केसि को अभिनय देख्न सकिन्छ ।

 भिडियो