एमालेको पक्षमा जनलहर बढ्छ भन्दै ओलीले विद्यालाई भनेपछि ज्ञानेन्द्रलाई शीतलनिवासमा निम्ता दिएको खुलासा

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं-नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी छिन् । उनी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुन् । उनले कान्छी छोरी निशाकुसुमको केही दिन अघि मात्रै विवाह गरिन राष्ट्रपति रामवरण यादवकी नातीसँग ।

जनआह्वान साप्ताहिक लेख्छ–राष्ट्रपतिको छोरीको विवाहको प्रसंगमा पूर्व राजा ज्ञानेन्द्र समेत जोडिएर आए । पछिल्लो दिनमा राष्ट्रवादको नाममा राष्ट्रघातको आन्दोलन चलाउँदै आएका खड्ग ओलीको निर्देशनमा एमालेकी पूर्व उपाध्यक्ष समेत रहेकी विद्या भण्डारीले ज्ञानेन्द्रलाई निम्ता दिएको बताइन्छ । राष्ट्रवादलाई बढावा दिन पनि पूर्व राजालाई बोलाउनु पर्छ, एमालेको पक्षमा जनलहर बढ्छ भन्दै ओलीले विद्यालाई भनेपछि उनले पूर्व राजालाई बोलाएको बताइन्छ । त्यसो त एमालेको उपाध्यक्ष रहँदा भण्डारीले पनि राजतन्त्रलाई कुनै न कुनै स्थान दिनु पर्ने भन्दै सार्वजनिक भाषण नै गर्दै आएकी थिइन । खड्ग ओलीको आदेशलाई स्वीकार गर्दै गणतन्त्रको समेत मान मर्दन गर्ने गरी राष्ट्रपति प्रस्तुत भएको भन्दै उनको आलोचना समेत भएको छ । धेरैले ज्ञानेन्द्रको विवाह समारोहमा उपस्थितीलाई सकारात्मक तथा नकारात्मक कोणबाट व्याख्या एवम् विश्लेषण गरिरहेका छन् । zestkhabar.com बाट