“जिबन साटम मायालु ” बोलको गीत लिएर आइन लक्ष्मी ढकाल

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं- भर्खरै मात्र माघ महिना सुरु भएको छ ।  यो समयमा मंसिर महिनाको जस्तै बिबाहको लगनहरु धेरै नै छन् ।  यसै समयलाई लक्षित गरेर आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ बिभिन्न पन्चेबाजाले सु-सजित गीत संगीतहरु प्रसस्तै मात्रामा आइरहेका छन् । सोहि क्रममा बिन्ध्यबासिनी म्युजिक प्रा.लि.ले गायिका लक्ष्मी ढकालको पन्चेबाजाले सजिएको ” जिबन साटम मायालु बोलको गीत हालै सार्बजनिक गरेको छ । यस गीतमा लक्ष्मी ढकाल र खुमन अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ ।  यस गीतमा  लय खुमन अधिकारी र शब्द सिर्जना रमेश बि.जी को रहेको छ । साथै साई भिजन प्रा.लि.ले यस गीतको म्युजिक भिडियो पनि निर्माण गरिसकेको छ । खुमन अधिकारी , लक्ष्मी ढकाल, बिजय र सुमा द्वारा अभिनित भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका छन् । भिडियोको छायांकन हरिनारायण चौधरी र सम्पादन बिष्णु शर्माले गरेका हुन  ।