चर्चित पप गायक यम बुद्ध अर्थात अनिल अधिकारीले आत्महत्या गरे

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं-चर्चित पप गायक यम बुद्ध अर्थात अनिल अधिकारीले आत्महत्या गरेका छन् ।बीबीसीका लण्डन सम्वाददाता भगिरथ योगीका अनुसार युवा गायक अधिकारीले उत्तर लण्डनस्थित आफ्नै निवासमा आत्महत्या गरेको परिवारका सदस्यले पुष्टि गरेका छन् ।

अधिकारी २९ वर्षका थिए । उनको शव शौचालयमा भेटिएको बीबीसीले जनाएको छ । आत्महत्याको कारण खुल्न सकेको छैन् । यम बुद्ध पप गायनमा चर्चित थिए ।