राष्ट्रिय भावनामा आधारित बानियाँको “हामी नेपाली ” सार्बजनिक

By प्रकाश धिताल     

नेपाली लोक गीत संगीत क्षेत्र निकै फापेका सर्जक हुन सन्तोष बानिया । “बरु दिन कटाउला साथी बनेर मत मन दुखाउन्न तिम्ले नि मन न दुखाउ हामी एक अर्काको भैनम भनेर ” यहि गीतको सिर्जना संगै सांगीतिक यात्रा थालनी गरेका सन्तोष ले हालसम्म ३०० बढी गीत सिर्जना गरिसकेका छ्न । केही गीतहरू मा आफ्नो स्वर दिएका र केही गीतको म्युजिक भिडियो समेत निर्देशन गरिसकेका सर्जक सन्तोष बानियाँ को
शब्द सिर्जना मा भर्खरै मात्र एउटा राष्ट्रिय भावना ले ओतप्रोत गीत हामी नेपाली प्रकाशनमा आयको छ । मुना थापा मगर र अर्जुन कुवर र तेज गुरुङको स्वरमा रहेको यश गीतको लय सिर्जना राजकुमार बानियाँले गरेका हुन । मलेसिया का विभिन्न ठाउँहरुमा छायांकन गरिएको हामी नेपाली को म्युजिक भिडियो स्वयं गीतका सर्जक सन्तोष बानियाँले निर्देशन गरेका छ्न । सुजन न्यौपाने को छायांकन ,सुजन शाहिको सम्पादन मा तयार भएको हामी नेपाली लाई SNB म्युजिक ले बजार ब्यबस्थापन गरेको हामी नेपाली को म्युजिक भिडियोमा योगेन खड्का ,कृष्ण थापा ,नारायण कुवर, राजेश तामाङ ब्रम्हादेब यादव ,रिम्सा राई ,कोपिला मगर ,अनि रिना मगरको अभिनय देख्न सकिन्छ ।
केही समय यता वैदेशिक रोजगार को लागि मलेसिया मा पुगेका सर्जक बानियाँ भन्छन् ” पछिल्लो समय नेपाली सांगीतिक क्षेत्र त्यति आशालाग्दो छैन तर पनि संगीत एउटा नसा हो जुन नसा लागेपछि अरु केही कुरा पनि खोजी न हुने रहेछ । यस गीतबाट पनि मेरो बिगतका सिर्जना हरुले जस्तै माया र साथ पाउने मा ढुक्क छु ।” किस्ना आचार्य रोशनी

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ